NOTICE

२०औं वार्षिकोत्सव समारोह सम्पन्न

Posted On: February 3, 2019

संस्थाले आफ्नो २० औँ वार्षिकोत्सव समारोह भव्य कार्यक्रमका साथ सम्पन्न गरेको छ । बनेपास्थित बनेपा पार्टी भेन्यूमाआयोजित समारोहको प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघकाअध्यक्ष श्री केशब बडाल रहनुभएको थियो भने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कुन) काअध्यक्ष श्री डि.बी. बस्नेत विशिष्ट अतिथिको रुपमा रहनुभएको थियो ।संस्थाकाअध्यक्ष रामहरि के.सी.को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा संस्थाका बरिष्ठ कार्यकारी अधिकृत बिबेक राज ठकुरीले संस्थाले दुई दशकमा गरेको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन रामकृष्ण रायक्षेत्रीले गर्नुभएको थियो ।कार्यक्रमको अवसर पारी संस्थाले गत वर्षदेखि स्थापना गरेको बुसा सहकारी साधना सम्मान यस वर्ष नेफ्स्कुनका संस्थापकअध्यक्ष स्व.भोजराज घिमिरेलाई मरणोपरान्त समर्पण गरेको थियो । विगतका वर्षहरूमा झैँ यस वर्ष पनि संस्थाले विभिन्न विधाहरूमा उत्कृष्ट हुने सदस्यहरूलाई सम्मान गरेको छ जसअनुसार उत्कृष्ट बचतकर्तातर्फ मखन कार्की र नानीमैया घर्तिक्षेत्री, उत्कृष्ट ऋणीतर्फ रविन्द्र थापा र पार्बती बुढाथोकी, उत्कृष्ट बालबचतकर्ता अर्विन कार्की र अभिरुची के.सी., उत्कृष्ट शेयर खरिदतर्फ भोलाबहादुर के.सी. र शर्मिला वाईवा तामाङ्ग, उत्कृष्ट कर्मचारी मुकुन्द पराजुली, उत्कृष्ट रक्तदाताहरुतर्फ, राजन न्यौपाने, श्रीकृष्ण श्रेष्ठ, लक्ष्मी कुईकेल र नमोओम ब्याञ्जु श्रेष्ठ सम्मानित एवं पुरस्कृत हुनुभएको छ । यसैगरी संस्थाले आ.व. ०७४।०७५ को संरक्षित पूँजी फिर्ता कोषमार्फत सो वर्षमाअसल ऋण कारोबार गर्ने १६४२ जनालाई कुल रु. १७,१२,०६८।–समेत वितरण गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि, विशिष्टअतिथि, नेपाल पत्रकार महासंघ काभे्रका उपाध्यक्ष रमेश न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको अवसर पारी संस्थाले रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो जसमा २३ जना रक्तदाताहरूले रक्तदान गर्नुभएको थियो । समारोहमा स्थानीय कलाकारहरूले विविध साँस्कृतिक तथा सांगीतिक प्रस्तुतीहरु समेत प्रस्तुत गर्नुभएको थियो ।

News and Events

Success Story

Posted On: February 20, 2025
“जीवनमा केही राम्रो गर्नु छ...
Read more
View All Success Story

STATISTICS (Upto 31st Saun 2083)

Total Share Capital:
(NRs. 14,55,97,000.00)
Total Institutional Capital:
(NRs. 19,86,37,082.70)
Total Saving:
(NRs. 1,90,39,10,575.35)
Total Assets:
(NRs. 2,34,82,86,593.70)
Total members :
19,840 ( Male: 8,812 Female: 11,010 Inst: 18)
Total No. of Child Saver:
8,212
Total No. of Employee:
50 (F-25, M-25)

Contact Location

सूचना अधिकारी/गुनासाे सुनुवाइ अधिकारी

ranajana-miss
रञ्जना सुवाल
सूचना अधिकारी
९८६३१९२७१७
Umesh Acharya
उमेश आचार्य
गुनासाे सुनुवाइ अधिकारी
९८६३१९२७२५