आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोबर १ तारिख) को अवसरमा संस्थाले ज्येष्ठ नागरिक सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संस्थामा आवद्ध ७५ वर्ष उमेर पूरा भएका १५५ जना सदस्यलाई सम्मान गरिएको छ । सदस्यहरुको सहजतालाई मध्यनजर गर्दै नाला क्षेत्रको लागि टुकुचा जागरण सेवाकेन्द्र, बनेपा क्षेत्रको लागि बनेपा सेवाकेन्द्र, बुडोल र आसपासका क्षेत्रको लागि मुख्य कार्यालय र धुलिखेल क्षेत्रको लागि धुलिखेल सेवाकेन्द्रमा एकैपल्ट सम्मान कार्यक्रमको आयोजना गरिएको हो । अशक्त सदस्यको हकमा भने घरमा नै गई सम्मान प्रदान गरिएको छ । संस्थाले कार्यक्रमको लागि छुट्याईएको बजेट सँगसँगै सहयोगीहरूबाट संकलन गरिएको रकम समेतबाट सम्मानित हुने ज्येष्ठ नागरिकहरूलाई नगद रू.३००।– सहित ऊनीको ओढ्ने, हर्लिक्स, बिस्कुट, साबुन उपहार प्रदान गरिएको थियो । संस्थाले विगत १६ वर्षदेखि ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।




Total Share Capital:
(NRs. 14,61,09,500.00)
Total Institutional Capital:
(NRs. 18,61,33,406.01)
Total Saving:
(NRs. 1,93,90,64,514.09)
Total Assets:
(NRs. 2,36,54,22,574.98)
Total members :
19,973 ( Male: 8,864 Female: 11,09 Inst: 17)
Total No. of Child Saver:
8,292
Total No. of Employee:
50 (F-25, M-25)
![]() रञ्जना सुवाल सूचना अधिकारी ९८६३१९२७१७ |
![]() उमेश आचार्य गुनासाे सुनुवाइ अधिकारी ९८६३१९२७२५ |
