NOTICE

सदस्य भेला तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Posted On: February 24, 2020

संस्थामा आबद्ध सदस्यहरूलाई वित्तीय ब्यवस्थापन तथा सहकारी सम्बन्धमा सुसूचित गर्ने उद्देश्यले संस्थाले नियमित रुपमा सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम गर्दै आइरहेको छ । यसै सन्दर्भमा मिति २०७६ साल फागुन १० गते शनिबार संस्थाले सदस्य भेला तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । धुलिखेल नगरपालिकाकी उपमेयर श्री विमलाकुमारी चौंलागाँईको प्रमुख आतिथ्यता एवं संस्थाका लेखा समिति संयोजक श्री जयराम थापाको सभापतित्वमा सम्पन्न उक्त भेलामा बरिष्ठ कार्यकारी अधिकृत श्री बिबेकराज ठकुरीले वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गर्नुभएको थियो । धुलिखेल–६ स्थित धुलिखेल पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा ४५० जना सदस्यको उपस्थिति रहेको थियो । कार्यक्रममा २० औँ वार्षिक साधारण सभाको निर्णय बमोजिम आ.व. २०७५/०७६ मा संरक्षित पूँजी फिर्ता कोषबाट बचतमा प्राप्त गरेको ब्याज र ऋण तिरेको ब्याज रकमको योगदानलाई आधार मानी सदस्यहरुलाई ४/४ प्रतिशतका दरले हुन आउने रकम वितरण समेत गरिएको थियो । यसअघि संस्थाले माघ २५ गते नालाक्षेत्रका सदस्यहरुको लागि माँ उग्रचण्डी पार्टि भेन्यु, नाला, फागुन ३ गते बनेपा क्षेत्रका सदस्यहरुको लागि उग्रचण्डी होटल, बनेपामा सदस्य भेला सम्पन्न गरिसकेको छ ।

Success Story

Posted On: February 20, 2025
“जीवनमा केही राम्रो गर्नु छ...
Read more
View All Success Story

STATISTICS (Upto 29th Magh 2082)

Total Share Capital:
(NRs. 15,90,69,400.00)
Total Institutional Capital:
(NRs. 18,48,46,001.15)
Total Saving:
(NRs. 1,82,06,37,428.36)
Total Assets:
(NRs. 2,25,66,46,512.88)
Total members :
19,886 ( Male: 8,885 Female: 10,983 Inst: 18)
Total No. of Child Saver:
8,228
Total No. of Employee:
50 (F-24, M-26)

Contact Location

सूचना अधिकारी/गुनासाे सुनुवाइ अधिकारी

ranajana-miss
रञ्जना सुवाल
सूचना अधिकारी
९८६३१९२७१७
Umesh Acharya
उमेश आचार्य
गुनासाे सुनुवाइ अधिकारी
९८६३१९२७२५