NOTICE

सहकारी शिक्षा शिविर सम्पन्न ।

Posted On: November 28, 2021

संस्थाले मिति २०७८ साल मंसीर ११ गते, शनिबार सहकारी शिक्षा शिविर सम्पन्न गरेको छ । संस्थाको धुलिखेल सेवाकेन्द्र कार्यालयमा आयोजित उक्त शिविरमा संस्थामा कोपिला बालबचतबाट शेयर सदस्यमा रुपान्तरित भएका सदस्यहरुलाई मायाको चिनोको साथमा सम्मान गरी सहकारी शिक्षा एवं वित्तीय साक्षरतासम्बन्धी सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो । संस्थाकी सञ्चालक समिति सदस्य एवं धुलिखेल सेवाकेन्द्र व्यवस्थापन उपसमितिकी संयोजक श्री गायत्री खड्काको संयोजकत्वमा सम्पन्न शिक्षा शिविरमा व्यवस्थापन उपसमिति सदस्यहरु श्री सुनिल के.सी., श्री राम यगोल र श्री भरतबहादुर बस्नेतको उपस्थिति रहेको थियो भने समग्र सहकारी, नेपालको सहकारी अभियान, बुडोल सामुदायिक साकोस र वित्तीय साक्षरतासम्बन्धी विषयमा संस्थाका कार्यकारी अधिकृत श्री रामकृष्ण रायक्षेत्रीले प्रशिक्षण दिनुभएको थियो । यसैगरी संस्थाले प्रयोग गरिरहेको प्रविधि र सदस्यहरुलाई प्रदान गरिरेहेका प्रविधिमा आधारित सेवाहरुका बारेमा सूचना प्रविधि विभाग प्रमुख श्री जनककुमार थापाले प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन धुलिखेल सेवाकेन्द्र प्रमुख श्री कृष्टिना श्रेष्ठले गर्नुभएको थियो जसमा ३४ जनाको उपस्थिति रहेको थियो ।

Success Story

Posted On: February 20, 2025
“जीवनमा केही राम्रो गर्नु छ...
Read more
View All Success Story

STATISTICS (Upto 31st Chaitra 2081)

Total Share Capital:
(NRs. 17,06,89,800.00)
Total Institutional Capital:
(NRs. 17,05,54,763.11)
Total Saving:
(NRs. 1,69,33,61,173.91)
Total Assets:
(NRs. 2,12,75,98,392.17)
Total members :
27,364 ( Male: 8,670 Female: 10,640 Inst: 18)
Total No. of Child Saver:
8,036
Total No. of Employee:
47 (F-20, M-27)

Contact Location