NOTICE

आर्थिक वर्ष ०७९/०८० को वार्षिक समीक्षा बैठक सम्पन्न

Posted On: August 20, 2023

बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष ०७९/०८० को वार्षिक समीक्षा बैठक सम्पन्न गरेको छ । मिति २०८० भदौ २ गते, शनिबार गौतम भिलेज रिसोर्ट, बनेपामा सम्पन्न बैठकमा सञ्चालक समिति, लेखा सूपरिवेक्षण समिति, सल्लाहकार, विभिन्न उपसमिति, सेवाकेन्द्र व्यवस्थापन उपसमिति र उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो । संस्थाका सचिव श्री जयराम थापाज्यूले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष श्री प्रेमनाथ शर्मा कोईरालाज्यूले स्वागत मन्तव्य राख्नुभएको थियो भने संस्थाका अध्यक्ष श्री कैलाश के.सी.ज्यूले बैठकको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो । बैठकमा प्रत्येक सेवाकेन्द्र प्रमुखहरुले आ–आफ्नो सेवाकेन्द्रको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै सेवाकेन्द्रले सामना गरिरहेको चुनौती तथा अवसरहरुको बारेमा समेत प्रकाश पार्नु भएको थियो । संस्थाको वार्षिक कार्ययोजनाको अनुपातमा संस्थाले प्राप्त गरेको उपलव्धिहरुको समिक्षात्मक वार्षिक प्रगति विवरण संस्थाकी कार्यकारी अधिकृत श्री रञ्जना सुवालज्यूले प्रस्तुत गर्नुभएको थियो । संस्थाका व्यवस्थापन प्रमुख श्री रामकृष्ण रायक्षेत्रीज्यूले आर्थिक वर्ष २०८०/०८१ को लागि तयार पारिएको वार्षिक कार्ययोजना अनुसार मुख्य कार्यसम्पादन सूचकाङ्क (KPI) प्रस्तुत गर्नुभएको थियो । बैठकले आर्थिक वर्ष ०७९/०८० मा संस्थाले गरेकोे प्रगतिउपर छलफल गरी आगामी दिनहरुका लागि आवश्यक सुधारका रणनीतिहरु समेत तर्जुमा गरेको छ ।

Success Story

Posted On: February 20, 2025
“जीवनमा केही राम्रो गर्नु छ...
Read more
View All Success Story

STATISTICS (Upto 29th Magh 2082)

Total Share Capital:
(NRs. 15,90,69,400.00)
Total Institutional Capital:
(NRs. 18,48,46,001.15)
Total Saving:
(NRs. 1,82,06,37,428.36)
Total Assets:
(NRs. 2,25,66,46,512.88)
Total members :
19,886 ( Male: 8,885 Female: 10,983 Inst: 18)
Total No. of Child Saver:
8,228
Total No. of Employee:
50 (F-24, M-26)

Contact Location

सूचना अधिकारी/गुनासाे सुनुवाइ अधिकारी

ranajana-miss
रञ्जना सुवाल
सूचना अधिकारी
९८६३१९२७१७
Umesh Acharya
उमेश आचार्य
गुनासाे सुनुवाइ अधिकारी
९८६३१९२७२५