NOTICE

वित्तीय साक्षरता शिविर सम्पन्न

Posted On: December 25, 2023
आज मिति २०८० पुष ९ गते, सोमबार यस बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. अन्तर्गतको पाँचखाल सेवाकेन्द्र कार्यालय, पाँचखालले संस्थाको रजत महोत्सवको सन्दर्भमा “वित्तीय साक्षरता शिविर” सम्पन्न गरेको छ । पाँचखाल सेवाकेन्द्रको आयोजना तथा संस्थाका सचिव तथा पाँचखाल सेवाकेन्द्र व्यवस्थापन उपसमितिका संयोजक श्री जयराम थापाको सभापितत्वमा सम्पन्न उक्त कार्यक्रममा कार्यकारी अधिकृत श्री रञ्जना सुवालले प्रस्तुतीकरण तथा पाँचखाल सेवाकेन्द्र प्रमुख श्री दिपक तिमल्सिनाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सदस्य सेवा शाखा प्रमुख श्री अनिता थापा तथा पाँचखाल सेवाकेन्द्रका कर्मचारीहरु सहित ८२ जना सदस्य तथा सम्भावित सदस्यहरुको सहभागिता रहेको थियो । वित्तीय साक्षरता र सहकारी शिक्षा सम्बन्धी प्रस्तुतीकरण पश्चातको अन्तरक्रिया कार्यक्रममा सदस्यहरूले विभिन्न जिज्ञासा राख्नुभएको थियो । सदस्यहरुको जिज्ञासालाई कार्यक्रमका सभापति श्री जयराम थापाले सम्बोधन गर्नुभएको थियो । साथै सदस्यहरुले रचनात्मक सुझावहरू प्रदान गर्नुभएको थियो ।
 
 

Success Story

Posted On: February 20, 2025
“जीवनमा केही राम्रो गर्नु छ...
Read more
View All Success Story

STATISTICS (Upto 29th Fagun 2081)

Total Share Capital:
(NRs. 17,00,69,500.00)
Total Institutional Capital:
(NRs. 17,05,54,763.11)
Total Saving:
(NRs. 1,67,98,74,912.09)
Total Assets:
(NRs. 2,11,48,80,768.50)
Total members :
27,152 ( Male: 8,611 Female: 10,545 Inst: 18)
Total No. of Child Saver:
7,978
Total No. of Employee:
49 (F-20, M-29)

Contact Location