NOTICE

दुध डेरी र ढुवानी व्यवसायमा जमेका तोयानाथ

Posted On: June 8, 2015

वि.सं. २०२३ साल वैशाख १ गते धुलिखेल–६, आचार्यगाउँमा जन्मनुभएका तोयानाथ आचार्य हाल धुलिखेल नगरपालिका वडा नं. ३ आचार्यगाउँमा स्थायी रूपले बसोबास गर्दै आउनुभएको छ । आफ्नो पारिवारिक पुख्र्यौली पेशा परम्परागत खेती किसानी रहेकोमा मिति २०६० साल बाट यस संस्थामा आवद्धता जनाएपछि भने केही फरक ढंगबाट व्यवसायिक काम गर्नुपर्ने सोचको विकास हुँदै आएको बताउनुहुने आचार्य हाल एक सफल व्यवसायीका रूपमा अगाडी बढिरहनु भएको छ ।

संस्थामा आवद्ध हुने प्रेरणा कसरी प्राप्त भयो भन्ने प्रश्नको जवाफमा तोया बचत गर्नु राम्रो हो भन्ने बुझेको थिएँ र आफ्नो भित्री चाहना अनुरुप नै सदस्यता लिएर बचत गर्दै आएको बताउनुहुन्छ । यस संस्थामा आवद्ध हुनुपूर्व आफ्नो पारिवारिक आर्थिक अवस्था न्यून नै रहेकोमा सहकारीमा बचत मात्रै नगरी व्यवसायिक बन्नेतर्फ प्रेरणा समेत मिलेकोले हाल आफूले गर्दै आएको पेशाबाट सन्तोषजनक आम्दानी रहेको बताउनुहुन्छ । हाल धुलिखेल न.पा.–३, आचार्यगाउँमा दुध डेरी फार्म र ढुवानी सेवा व्यवसाय सञ्चालन गर्दै आउनुभएका आचार्यको परिवारमा ६ जना छन् । यही पेशालाई कसरी रोज्नुभयो भनी बुझ्न खोज्दा आफ्नो विगतको जागिरे जीवन यही पेशासँग मिल्दोजुल्दो भएको र अनुभवको आधारमा सोही पेशा गरेको बताउनुहुन्छ । “जागिरे जीवनले परिवार धान्न मुश्किल परेको र आफैले जानेको कामलाई व्यवसायिक ढंगले गरे पक्कै केही त गर्न सकिएला भनी पेशा अँङ्गाले” उहाँ थप्नुहुन्छ ।

विगत ११ वर्षदेखि यो दुध डेरी फार्मको पेशामा संलग्न आचार्य जम्मा २३ लिटर दुध संकलन गरेर भाडाको कोठामा व्यवसाय शुरु गरेको ती दिन सम्झँदै हाल दैनिक ५०० लिटर दूधको कारोबार आफ्नै घरबाट गर्न पाउँदा उहाँ दंग हुनुहुन्छ । “ढुवानीको लागि सहज होस् भनी एउटा बुलेरो गाडी र ट्रेलर ट्याक्टर समेत जोड्न सफल भइयो, पेशाले राम्रै आम्दानी दिएको छ भन्नुपर्यो” भन्दै मुस्कुराउँदा उहाँको अनुहारमा सफलताका रेखाहरू प्रष्ट देखियो । भविष्यमा यही पेशालाई समयसापेक्ष परिमार्जन गर्दै प्रविधिको विकास सँगसँगै अलि फरक आधुनिक र व्यवस्थित ढंगले डेरीफार्म सञ्चालन गर्ने आफ्नो सोच रहेको बताउनुहुन्छ तोयानाथ ।

अरुलाई केही सल्लाह सुझाव दिन चाहनुहुन्छ कि भनी जिज्ञासा राख्दा आचार्य व्यवसाय सानो नै किन नहोस् आफ्नो व्यवसाय भनेको आफ्नो नै हुन्छ त्यसैमा मेहनतका साथ अगाडी बढे अवश्य सफल भइन्छ, त्यसैले सहकारीमा सदस्य भई व्यवसायिक कारोबार गर्न सजिलो भएकोले सानोतिनो नै भएपनि व्यवसाय शुरु गर्नुपर्छ भन्ने सल्लाह दिन चाहेको कुरा बताउनुहुन्छ । साथै व्यवसायमा एकैपटक नतिजा खोज्ने परिपाटीले व्यक्तिहरू असफल हुने गरेको कुरा सम्झाउँदै लगनशीलता र धैर्यताका साथ निरन्तर लागिपर्नुपर्ने कुरा हाम्रो भेटमा पटक पटक दोहोर्याउनुहुन्छ तोयानाथ आचार्य । आफ्नो शुरुका दिनहरू संघर्षशील बितेकोले सफल हुन संघर्ष गर्नैपर्छ र एक्लैले पनि हुने कुरो होइन त्यसैले सहकारीले सिकाउँदा मिलेर काम गर्नुपर्छ भन्ने कुरा पनि बुझ्दै आएको बताउनुहुन्छ ।

अन्त्यमा आफूले बुडोल सामुदायिक साकोसमा आवद्ध भएपछि संस्थाबाट विभिन्न आर्थिक कारोबार गर्न सहज र सरल सेवा प्राप्त गरेकोले आफू व्यवसायिक बन्न सफल हुनुमा संस्थाको योगदान रहेको र त्यसका लागि संस्थाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुहुन्छ ।

Success Story

Posted On: February 20, 2025
“जीवनमा केही राम्रो गर्नु छ...
Read more
View All Success Story

STATISTICS (Upto 31st Chaitra 2081)

Total Share Capital:
(NRs. 17,06,89,800.00)
Total Institutional Capital:
(NRs. 17,05,54,763.11)
Total Saving:
(NRs. 1,69,33,61,173.91)
Total Assets:
(NRs. 2,12,75,98,392.17)
Total members :
27,364 ( Male: 8,670 Female: 10,640 Inst: 18)
Total No. of Child Saver:
8,036
Total No. of Employee:
47 (F-20, M-27)

Contact Location