NOTICE

आठौं एक्सेस पुनरावलोकन वैठक सम्पन्न :

Posted On: June 26, 2015

यस संस्थाको आयोजनामा २०७२ असार ९ गते बुधबारका दिन बनेपा, काभे्रमा एक्सेस ब्राण्डिङ्ग कार्यक्रममा सहभागी पहिलो समुहका ७ वटा सहकारी संस्थाहरुको आठौं एक्सेस पुनरावलोकन वैठक सम्पन्न भएको छ। एशियाली ऋण महासंघ (ACCU) को प्राविधिक सहयोगमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (NEFSCUN) बाट संचालित एक्सेस ब्राण्डिङ्ग कार्यक्रम सहभागी काभे्र जिल्लाबाट बुडोल सामुदायिक साकोस, विन्धवासिनी साकोस र सामुदायिक साकोस गरी ३, भक्तपुर जिल्लाका सिद्धिगणेश साकोस, वाराही साकोस र उपकार साकोस गरी ३ र दोलखा जिल्लाको जनसचेतन साकोस समेत गरी ७ वटा संस्थाको तर्फबाट उपस्थिती रहेको थियो। बुडोल सामुदायिक साकोसका अध्यक्ष रामहरि के.सी.को सभाध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएका नेफ्स्कुनका उपाध्यक्ष डि.बी. बस्नेत र विशिष्ट अतिथीको रुपमा रहनुभएका डिभिजन सहकारी कार्यालयका अधिकृत चेतनाथ गिरीले शुभकामना मन्तव्य व्यक्त गर्दै राम्रो कामको लागि आफ्नो तहबाट सहयोग गर्ने कुरा राख्नुुभएको थियो। कार्यक्रममा सातै वटा संस्थाले आफूले गरेका असल अभ्यासहरुको आदानप्रदान गरिएको थियो साथै गत बैशाख १२ गतेको विनाशकारी भुकम्पले सहकारी अभियानमा पारेको असर, सोको चुनौती र समाधानका उपाय लगायतका विषयहरुमा छलफल गरी निश्कर्ष निकालिएको थियो।

News and Events
Posted On: September 3, 2026

Success Story

Posted On: February 20, 2025
“जीवनमा केही राम्रो गर्नु छ...
Read more
View All Success Story

STATISTICS (Upto 31st Saun 2083)

Total Share Capital:
(NRs. 14,55,97,000.00)
Total Institutional Capital:
(NRs. 19,86,37,082.70)
Total Saving:
(NRs. 1,90,39,10,575.35)
Total Assets:
(NRs. 2,34,82,86,593.70)
Total members :
19,840 ( Male: 8,812 Female: 11,010 Inst: 18)
Total No. of Child Saver:
8,212
Total No. of Employee:
50 (F-25, M-25)

Contact Location

सूचना अधिकारी/गुनासाे सुनुवाइ अधिकारी

ranajana-miss
रञ्जना सुवाल
सूचना अधिकारी
९८६३१९२७१७
Umesh Acharya
उमेश आचार्य
गुनासाे सुनुवाइ अधिकारी
९८६३१९२७२५