NOTICE

आर्थिक वर्ष ०८०/०८१को प्रथम त्रैमासिक समीक्षा बैठक सम्पन्न

Posted On: November 26, 2023
हिजो मिति २०८० मंसिर ९ गते, शनिबार यस बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष ०८०/०८१ को प्रथम त्रैमासिक समीक्षा बैठक संस्थाका अध्यक्ष श्री कैलाश के.सी.ज्यूकाे अध्यक्षतामा चेतना केन्द्र, बुडोलमा सम्पन्न गरेको छ । बैठकमा सञ्चालक समिति, लेखा समिति, सल्लाहकार एवं उच्च व्यवस्थापनका कर्मचारीहरु गरी २१ जनाको उपस्थिति रहेको थियो । बैठकमा आ.व. ०८०/०८१ काे वार्षिक कार्ययोजना अनुसार प्रथम त्रैमाससम्म संस्थाले लिएकाे लक्ष्य र साेमा प्राप्त उपलब्धीहरूकाे समिक्षात्मक विवरण संस्थाका व्यवस्थापन प्रमुख श्री रामकृष्ण रायक्षेत्रीले प्रस्तुत गर्नु भएकाे थियाे भने, सम्पत्ति शुद्धिकरण सम्बन्धी विवरण संस्थाकी कार्यकारी अधिकृत श्री रञ्जना सुवाल र ऋण सम्बन्धी विवरण ऋण शाखा प्रमुख श्री उमेश आचार्यले प्रस्तुत गर्नुभएको थियो । बैठकमा सेवाकेन्द्र तथा शाखा प्रमुखहरुले आ-आफ्नो शाखा तथा सेवाकेन्द्रले सामना गरिरहेको चुनौती तथा अवसरहरुको बारेमा समेत प्रकाश पार्नु भएको थियो भने प्रथम त्रैमाससम्म संस्थाले प्राप्त गरेको उपलब्धी र चुनाैतीहरू उपर छलफल गरी आगामी दिनका लागि कार्ययोजना समेत तर्जुमा गरेको छ । बैठककाे अन्त्यमा संस्थाका अध्यक्ष कैलाश के.सी.ज्यूले धन्यवाद ज्ञापन गर्नुहुँदै सबैकाे सहकार्यमा निर्धारित लक्ष्य प्राप्त हुनेमा विश्वास प्रकट गर्दै दाेश्राे त्रैमासलाई सफल बनाउन सबैलाई आव्हान समेत गर्नु भएकाे थियाे । संस्थाले पहिलो त्रैमासमा आर्थिक सुरक्षा कार्यक्रम अन्तर्गत मृत्यु राहत १५ जनालाई रु. ३,९५,०००।००, जटिल रोग उपचार सहयोग १४ जनालाई रु. २,५०,०००।००, सुत्केरी उपचार सहयोग २८ जनालाई रु. १,३५,८३३।००, सुत्केरी भेटघाट ५५ जनालाई रु. ५५,०००।००, नवदुलही भेटघाट १ जनालाई रु. १,०००।०० र दैवी विपत्ति राहत सहयोग ४ जनालाई रु. ६५,०००।०० गरी कुल ११७ जनालाई रु. ९,०१,८३३।०० वितरण गरेको छ भने सामाजिक उत्तरदायित्व बहन अन्तर्गत रु. २३,६६०।०० आर्थिक सहयोग प्रदान गरेको छ ।
 
 
 
 
 
 
 
 
 
 
 
 
News and Events
Posted On: September 3, 2026

Success Story

Posted On: February 20, 2025
“जीवनमा केही राम्रो गर्नु छ...
Read more
View All Success Story

STATISTICS (Upto 31st Saun 2083)

Total Share Capital:
(NRs. 14,55,97,000.00)
Total Institutional Capital:
(NRs. 19,86,37,082.70)
Total Saving:
(NRs. 1,90,39,10,575.35)
Total Assets:
(NRs. 2,34,82,86,593.70)
Total members :
19,840 ( Male: 8,812 Female: 11,010 Inst: 18)
Total No. of Child Saver:
8,212
Total No. of Employee:
50 (F-25, M-25)

Contact Location

सूचना अधिकारी/गुनासाे सुनुवाइ अधिकारी

ranajana-miss
रञ्जना सुवाल
सूचना अधिकारी
९८६३१९२७१७
Umesh Acharya
उमेश आचार्य
गुनासाे सुनुवाइ अधिकारी
९८६३१९२७२५