NOTICE

ज्येष्ठ नागरिक सदस्य सम्मान कार्यक्रम–२०७६ सम्पन्न

Posted On: October 1, 2019

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोबर १ तारिख) को अवसरमा संस्थाले ज्येष्ठ नागरिक सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संस्थामा आवद्ध ७५ वर्ष उमेर पूरा भएका १५५ जना सदस्यलाई सम्मान गरिएको छ । सदस्यहरुको सहजतालाई मध्यनजर गर्दै नाला क्षेत्रको लागि टुकुचा जागरण सेवाकेन्द्र, बनेपा क्षेत्रको लागि बनेपा सेवाकेन्द्र, बुडोल र आसपासका क्षेत्रको लागि मुख्य कार्यालय र धुलिखेल क्षेत्रको लागि धुलिखेल सेवाकेन्द्रमा एकैपल्ट सम्मान कार्यक्रमको आयोजना गरिएको हो । अशक्त सदस्यको हकमा भने घरमा नै गई सम्मान प्रदान गरिएको छ । संस्थाले कार्यक्रमको लागि छुट्याईएको बजेट सँगसँगै सहयोगीहरूबाट संकलन गरिएको रकम समेतबाट सम्मानित हुने ज्येष्ठ नागरिकहरूलाई नगद रू.३००।– सहित ऊनीको ओढ्ने, हर्लिक्स, बिस्कुट, साबुन उपहार प्रदान गरिएको थियो । संस्थाले विगत १६ वर्षदेखि ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।



Success Story

Posted On: February 20, 2025
“जीवनमा केही राम्रो गर्नु छ...
Read more
View All Success Story

STATISTICS (Upto 30th Chaitra 2082)

Total Share Capital:
(NRs. 15,49,54,600.00)
Total Institutional Capital:
(NRs. 18,48,46,001.15)
Total Saving:
(NRs. 1,84,60,40,709.83)
Total Assets:
(NRs. 2,28,23,64,427.06)
Total members :
19,879 ( Male: 8,866 Female: 10,995 Inst: 18)
Total No. of Child Saver:
8,230
Total No. of Employee:
49 (F-24, M-25)

Contact Location

सूचना अधिकारी/गुनासाे सुनुवाइ अधिकारी

ranajana-miss
रञ्जना सुवाल
सूचना अधिकारी
९८६३१९२७१७
Umesh Acharya
उमेश आचार्य
गुनासाे सुनुवाइ अधिकारी
९८६३१९२७२५