NOTICE

महिला भेला कार्यक्रम सम्पन्न

Posted On: September 10, 2023

हिजो मिति २०८० भदौ २३ गते शनिबारका दिन यस बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. अन्तर्गतको महिला तथा सामाजिक साँस्कृतिक उपसमितिको आयोजनामा “महिला भेला कार्यक्रम” संस्थामा आबद्ध महिला सदस्यहरु, सञ्चालक समिति, विभिन्न उपसमिति र कर्मचारीहरू सहित जम्मा २७९ जनाकाे सहभागितामा बनेपा पार्टी भेन्यू, बनेपामा सम्पन्न भएको थियो । हिन्दु महिलाहरुको महान पर्व तीजको अवसरमा आयोजित कार्यक्रममा नाचगान, दोहोरी लगायतका विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु भएको थियो । महिला तथा साँस्कृतिक उपसमितिका संयोजक श्री गीता कुँवर क्षेत्रीको सभापतित्व र संस्थाका का.बा.अध्यक्ष श्री प्रेमनाथ शर्मा कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका सञ्चालक समिति सदस्य श्री गायत्री खड्का र लेखा सुपरिवेक्षण समिति सदस्य श्री शर्मिला नेपालले गर्नुभएको थियो । संस्थाकी महिला तथा सामाजिक साँस्कृतिक उपसमिति सदस्य श्री सुनिता मल्ल ठकुरीले स्वागत मन्तव्य दिनुभएको कार्यक्रमको समुद्घाटन महिला तथा साँस्कृतिक उपसमिति संयोजक श्री गीता कुँवर क्षेत्री र संस्थाका का.बा.अध्यक्ष श्री प्रेमनाथ शर्मा कोईरालाले संयुक्त रुपमा गर्नुभएको थियो । कार्यक्रममा संस्थाका का.बा.अध्यक्ष श्री प्रेमनाथ शर्मा कोईराला र सचिव श्री जयराम थापाले तिजको शुभकामना सहितको मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बनेपा हेल्थ केयर, बनेपा, ब्युटिजोन कस्मेटिक्स एण्ड पार्लर, बनेपा, अच्युतम फार्मेसी, धुलिखेल र बि.एम.के. ड्राईभिङ्ग सेन्टर, बनेपाले कार्यक्रममा सर्बप्रथम उपस्थित हुने ३ जना सहित १९ जना महिलाहरुलाई गोलाप्रथाद्धारा विभिन्न उपहारहरुको प्रायोजन गर्नुभएको थियो । साथै बनेपा हेल्थ केयरले निःशुल्क रक्तचाप जाँच, मधुमेह जाँच र स्वास्थ्य परामर्श पनि उपलब्ध गराएको थियो ।

News and Events
Posted On: September 3, 2026

Success Story

Posted On: February 20, 2025
“जीवनमा केही राम्रो गर्नु छ...
Read more
View All Success Story

STATISTICS (Upto 31st Saun 2083)

Total Share Capital:
(NRs. 14,55,97,000.00)
Total Institutional Capital:
(NRs. 19,86,37,082.70)
Total Saving:
(NRs. 1,90,39,10,575.35)
Total Assets:
(NRs. 2,34,82,86,593.70)
Total members :
19,840 ( Male: 8,812 Female: 11,010 Inst: 18)
Total No. of Child Saver:
8,212
Total No. of Employee:
50 (F-25, M-25)

Contact Location

सूचना अधिकारी/गुनासाे सुनुवाइ अधिकारी

ranajana-miss
रञ्जना सुवाल
सूचना अधिकारी
९८६३१९२७१७
Umesh Acharya
उमेश आचार्य
गुनासाे सुनुवाइ अधिकारी
९८६३१९२७२५