मिति २०७९ माघ ६ गते, शुक्रबारको दिन यस बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. अन्तर्गतको शिक्षा तथा प्रकाशन उपसमितिको आयोजनामा श्री जनज्योति मा. बि., जनागाल, काभ्रेमा “विद्यालयमा बुसा कार्यक्रम” सम्पन्न भएको थियो । संस्थाका शिक्षा तथा प्रकाशन उपसमितिका संयोजक श्री प्रकाश भुर्तेलको संयोजकत्वमा आयोजना भएको कार्यक्रमको सहजिकरण संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत श्री रामकृष्ण रायक्षेत्रीले गर्नुभएको थियो र कार्यक्रममा वित्तीय साक्षरता, बुडोल सामुदायिक साकोस र सहकारीको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा संस्थाको तर्फबाट शिक्षा तथा प्रकाशन उपसमितिका संयोजक श्री प्रकाश भुर्तेल, सञ्चालक समिति सदस्य श्री गिता कुँवर क्षेत्री, का.मु. प्रमुख कार्यकारी अधिकृत श्री रामकृष्ण रायक्षेत्री, बनेपा जनमैत्री सेवाकेन्द्र प्रमुख श्री अशोक खत्री, विद्यालयको तर्फबाट शिक्षक श्री नवराज आचार्य र विद्यार्थीहरु सहित जम्मा ३९ जनाको सहभागिता रहेको थियो ।
Total Share Capital:
(NRs. 15,49,54,600.00)
Total Institutional Capital:
(NRs. 18,48,46,001.15)
Total Saving:
(NRs. 1,84,60,40,709.83)
Total Assets:
(NRs. 2,28,23,64,427.06)
Total members :
19,879 ( Male: 8,866 Female: 10,995 Inst: 18)
Total No. of Child Saver:
8,230
Total No. of Employee:
49 (F-24, M-25)
![]() रञ्जना सुवाल सूचना अधिकारी ९८६३१९२७१७ |
![]() उमेश आचार्य गुनासाे सुनुवाइ अधिकारी ९८६३१९२७२५ |
