संस्थामा आबद्ध सदस्यहरूलाई वित्तीय ब्यवस्थापन तथा सहकारी सम्बन्धमा सुसूचित गर्ने उद्देश्यले संस्थाले नियमित रुपमा सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम गर्दै आइरहेको छ । यसै सन्दर्भमा मिति २०७६ साल फागुन १७ गते शनिबार संस्थाले सदस्य भेला तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका सचिव श्री प्रेमनाथ शर्मा कोईरालाको सभापतित्वमा सम्पन्न उक्त भेलामा कार्यकारी अधिकृत श्री रामकृष्ण रायक्षेत्रीले वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गर्नुभएको थियो । बनेपा–६ स्थित चेतना केन्द्रमा आयोजित उक्त कार्यक्रममा २१० जना सदस्यको उपस्थिति रहेको थियो । कार्यक्रममा २० औँ वार्षिक साधारण सभाको निर्णय बमोजिम आ.व. २०७५/०७६ मा संरक्षित पूँजी फिर्ता कोषबाट बचतमा प्राप्त गरेको ब्याज र ऋण तिरेको ब्याज रकमको योगदानलाई आधार मानी सदस्यहरुलाई ४/४ प्रतिशतका दरले हुन आउने रकम वितरण समेत गरिएको थियो । यसअघि संस्थाले माघ २५ गते नालाक्षेत्रका सदस्यहरुको लागि माँ उग्रचण्डी पार्टि भेन्यु, नाला, फागुन ३ गते बनेपा क्षेत्रका सदस्यहरुको लागि उग्रचण्डी होटल, बनेपा, फागुन १३ गते धुलिखेल क्षेत्रका सदस्यहरुका लागि धुलिखेल पार्टी प्यालेसमामा सदस्य भेला सम्पन्न गरिसकेको छ ।
Total Share Capital:
(NRs. 17,06,89,800.00)
Total Institutional Capital:
(NRs. 17,05,54,763.11)
Total Saving:
(NRs. 1,69,33,61,173.91)
Total Assets:
(NRs. 2,12,75,98,392.17)
Total members :
27,364 ( Male: 8,670 Female: 10,640 Inst: 18)
Total No. of Child Saver:
8,036
Total No. of Employee:
47 (F-20, M-27)