आज मिति २०७९ पुष ५ गते, मंगलबार यस बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. अन्तगर्तकाे पाँचखाल सेवाकेन्द्र कार्यालय, पाँचखालले सदस्य शिक्षा शिविर तथा विस्तारित मञ्च सम्पन्न गरेको छ । शिक्षा तथा प्रकाशन उपसमितिको आयोजना र संस्थाका सह–सचिव तथा शिक्षा तथा प्रकाशन उपसमितिका संयोजक श्री प्रकाश भुर्तेलको सभापितत्वमा सम्पन्न उक्त कार्यक्रममा सभापति र का.मु. प्रमुख कार्यकारी अधिकृत श्री रामकृष्ण रायक्षेत्रीले संयुक्त रूपमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा संस्थाका सचिव श्री जयराम थापा, आर्थिक प्रशासन शाखा प्रमुख श्री दिपक अधिकारी, पाँचखाल सेवाकेन्द्र कार्यालय प्रमुख श्री दिपक तिमल्सिना र पाँचखाल सेवाकेन्द्रका कर्मचारीहरु सहित ७४ जना सदस्य तथा सम्भावित सदस्यहरुको सहभागिता रहेको थियो । सदस्य शिक्षा तथा वित्तीय साक्षरता सम्बन्धि प्रश्तुतीकरण पश्चातकाे अन्तरिक्रया कार्यक्रममा सदस्यहरूले संस्थाकाे आगामी कार्यक्रम तथा याेजनामा पाँचखाल क्षेत्रका सदस्यहरूकाे आर्थिक तथा सामाजिक विकासका क्रियाकलापहरू सञ्चालन गर्न रचनात्कम सुझावहरू प्रदान गर्नु भएकाे थियाे ।

Total Share Capital:
(NRs. 15,90,69,400.00)
Total Institutional Capital:
(NRs. 18,48,46,001.15)
Total Saving:
(NRs. 1,82,06,37,428.36)
Total Assets:
(NRs. 2,25,66,46,512.88)
Total members :
19,886 ( Male: 8,885 Female: 10,983 Inst: 18)
Total No. of Child Saver:
8,228
Total No. of Employee:
50 (F-24, M-26)
![]() रञ्जना सुवाल सूचना अधिकारी ९८६३१९२७१७ |
![]() उमेश आचार्य गुनासाे सुनुवाइ अधिकारी ९८६३१९२७२५ |
