NOTICE

१७ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

Posted On: February 3, 2016

यस बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाकालको १७ औँ वार्षिकोत्सव एक भव्य समारोहका बिच सम्पन्न गरेको छ ।
उच्चपदस्थ र गन्यमान्य व्यक्तिहरू मात्र कार्यक्रमको प्रमुख अतिथि बन्ने परम्परालाई तोड्दै संस्थाकी ९२ वर्षीया शेयर सदस्य तथा ज्येष्ठ नागरिक श्री कृष्णकुमारी सुवालले प्रमुख अतिथिको आसन गर्नुभएको थियो भने संस्थाका अध्यक्ष श्री रामहरि के.सी.ले कार्यक्रमको सभापतित्व गर्नुभएको थियो । प्रमुख अतिथि, सञ्चालक र आमन्त्रित अतिथिहरूले १७ वटा पानसमा बत्ती बालेर उद्घाटन गरिएको कार्यक्रममा ज्ञात अज्ञात शहिदहरूप्रति ३० सेकेण्ड मौनधारण गरी सम्मान अर्पण गरिएको थियो ।
स्थानीय कलाकारहरूको विभिन्न साँस्कृतिक कार्यक्रम, प्रहसन र साहित्यिक प्रस्तुति समेत रहेको उक्त कार्यक्रममा संस्थाका सदस्य तथा चर्चित गायक/संगीतकार श्री रामहरि न्यौपानेले स्वागत गान प्रस्तुत गर्नुभएको थियो । यसैगरी स्वागत मन्तव्य संस्थाकी सचिव श्री पुण्यवती घलेले दिनुभएको थियो भने राष्ट्रिय गान तथा विभिन्न सांगितिक प्रस्तुतिहरू इम्यानुयल स्कुलको ब्रास बैण्ड टोलीले प्रस्तुत गरेको थियो । संस्थाको हालसम्मको प्रगति विवरण व्यवस्थापक श्री विवेकराज ठकुरीले प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा सभापति श्री रामहरि केसी एवम् सल्लाहकार श्री कैलाश केसीले पनि मन्तव्य राख्नुभएको थियो यसैगरी शुभकामना मन्तव्य काभे्रपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का सचिव तथा युवा साकोसका अध्यक्ष श्री उदयराम कायस्थले दिनुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कोपिला बाल सदस्य, अधिकतम शेयर खरिदकर्ता र उत्कृष्ट ऋणी विधामा १/१ जना महिला र १/१ जना पुरुष सदस्यहरूलाई सम्मानित गरिएको थियो भने संस्थामा कार्यरत कर्मचारीमध्येबाट उत्कृष्ट कर्मचारी–२०७१/७२ बन्न सफल आर्थिक प्रशासन विभागकी उपप्रमुख श्री इन्दिरा कार्की केसीलाई सम्मानित गरिएको थियो । सम्मान कार्यक्रमको बारेमा संस्थाका कोषाध्यक्ष श्री ध्रुवबहादुर भुजेलले प्रकाश पार्नुभएको थियो ।
संस्थाका ऋण शाखा प्रमुख श्री रामकृष्ण रायक्षेत्रीले सञ्चालन गर्नुभएको कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन सह–सचिव श्री प्रेमनाथ शर्मा कोइरालाले गर्नुभएको थियो ।
संस्थाले १७औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो ।

photo-03

photo-04

Success Story

Posted On: February 20, 2025
“जीवनमा केही राम्रो गर्नु छ...
Read more
View All Success Story

STATISTICS (Upto 31st Baishakh 2083)

Total Share Capital:
(NRs. 15,29,39,900.00)
Total Institutional Capital:
(NRs. 18,48,46,001.15)
Total Saving:
(NRs. 1,85,98,62,589.48)
Total Assets:
(NRs. 2,29,98,46,681.09)
Total members :
19,854 ( Male: 8,845 Female: 10,991 Inst: 18)
Total No. of Child Saver:
8,219
Total No. of Employee:
51 (F-26, M-25)

Contact Location

सूचना अधिकारी/गुनासाे सुनुवाइ अधिकारी

ranajana-miss
रञ्जना सुवाल
सूचना अधिकारी
९८६३१९२७१७
Umesh Acharya
उमेश आचार्य
गुनासाे सुनुवाइ अधिकारी
९८६३१९२७२५