बुडोल सामुदायिक साकोसले आफ्नो १९ औँ वार्षिकोत्सव कार्यक्रम एक भव्य समारोहका बिच सम्पन्न गरेको छ । मिति २०७४ साल माघ १६ गते बनेपा–८ स्थित बनेपा पार्टी भेन्यूमा संस्थाको स्थापना दिवसको अवसर पारेर उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष श्री रामहरि के.सी.ले गर्नुभएको थियो भने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कुन) का अध्यक्ष श्री डि.बी. बस्नेत प्रमुख अतिथिको रुपमा रहनुभएको थियो यसैगरी विशिष्ट अतिथिको रूपमा सहकारी विकास बोर्ड एवं संकटग्रस्त सहकारी संस्था वा संघहरूको व्यवस्थापन समिति सदस्य दीपकप्रसाद पौडेल रहनुभएको थियो । सम्पूर्ण ज्ञात/अज्ञात शहीदहरूको सम्मानमा ३० सेकेण्डको मौन धारण गरी प्रारम्भ गरिएको कार्यक्रममा अतिथिहरूले १९ वटा द्वीप प्रज्जवलन गरी संस्थाको १९ औं वार्षिकोत्सवलाई प्रतिकात्मक रूपमा दर्शाइएको थियो । संस्थाले यसै वर्षदेखि सहकारी अभियानमा उल्लेखनीय योगदान पुर्याउने सहकारी अभियन्तालाई बुसा सहकारी साधना सम्मानबाट सम्मानित गर्न प्रारम्भ गरेको छ । जसअनुसार नेपालको सहकारी अभियानमा उल्लेखनीय योगदान पुर्याउनुहुने सहकारीकर्मी श्री दीपकप्रकाश बाँस्कोटालाई रू. ११,१११।– नगदराशी सहित सम्मान समर्पण गरिएको थियो ।


विविध साँस्कृतिक प्रस्तुति, विभिन्न विधामा सदस्य सम्मान, उत्कृष्ट कर्मचारी पुरस्कार, पूर्वसञ्चालक सम्मान, तत्कालीन टुकुचा जागरण साकोसका तदर्थ समिति सदस्यहरूलाई सम्मान, बुसा मोबाईल सेवाको शुभारम्भ सहित विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईएको थियो । सोही अवसर पारेर सञ्चालन गरिएको २१ औँ रक्तदान कार्यक्रममा २३ जना सहभागीहरूले रक्तदान गर्नुभएको थियो ।



संस्थाका कोषाध्यक्ष श्री ध्रुबबहादुर भुजेलले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा सम्मानित व्यक्तित्व श्री दीपकप्रकाश बाँस्कोटा, जिल्ला सहकारी संघ लि. का अध्यक्ष श्री विनोद पराजुली, पत्रकार महासंघ काभ्रेका सभापति मोतिराम तिमल्सिना, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका प्रथम उपाध्यक्ष श्री इन्द्रप्रसाद अधिकारी, संस्थाका सल्लाहकार श्री भोला के.सी., नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कुन) का अध्यक्ष श्री डि.बी. बस्नेत र संस्थाका अध्यक्ष श्री रामहरि के.सी.ले मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन रामकृष्ण रायक्षेत्रीले गर्नुभएको थियो ।
Total Share Capital:
(NRs. 14,55,97,000.00)
Total Institutional Capital:
(NRs. 19,86,37,082.70)
Total Saving:
(NRs. 1,90,39,10,575.35)
Total Assets:
(NRs. 2,34,82,86,593.70)
Total members :
19,840 ( Male: 8,812 Female: 11,010 Inst: 18)
Total No. of Child Saver:
8,212
Total No. of Employee:
50 (F-25, M-25)
![]() रञ्जना सुवाल सूचना अधिकारी ९८६३१९२७१७ |
![]() उमेश आचार्य गुनासाे सुनुवाइ अधिकारी ९८६३१९२७२५ |

