NOTICE

एकीकरण घोषणा सभा सम्पन्न ।

Posted On: September 16, 2016

बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. बनेपा ११, काभ्रे र टुकुचा जागरण बचत तथा ऋण सहकारी संस्था लि., उग्रचण्डी नाला ५, काभ्रेले विधिवत् रुपमा एकीकरण भई असोज १ गतेदेखि एकीकृत कारोबार गर्नेगरी एकीकरण घोषणा सभा सम्पन्न भएको छ । दुवै संस्थाका अध्यक्षबाट संयुक्तरुपमा पानसमा द्विप प्रज्वलन गरी संयुक्त द्विप प्रज्वलनले अझै बढी प्रकाश दिन सक्ने संकेत सहित कार्यक्रम शुभारम्भ गरिएको थियो । कार्यक्रम संस्था एकीकरणको लागि गठन गरिएको कार्यदलका संयोजक श्री रामहरि के.सी.ले सभापतित्व र डिभिजन सहकारी कार्यालय, काभ्रेका सहकारी अधिकृत श्री चेतनाथ गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । बुडोल सामुदायिककी सचिव सुश्री पुण्यवती घलेले संचालन गर्नुभएको कार्यक्रममा एकीकरण कार्यदलका सदस्य राधाकृष्ण श्रेष्ठले घोषणा पत्रका साथै एकीकरणपश्चात सदस्यहरुले प्राप्त गर्न सक्ने सेवा सुविधाहरु प्रस्तुत गर्नुभएको थियो ।
एकीकृत संस्थाको नाम बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. नै कायम रहनेछ भने टुकुचा जागरण बचत तथा ऋण सहकारी संस्था लि.को कार्यालयबाट टुकुचा जागरण सेवा केन्द्रको रुपमा सदस्यहरुले अझै उत्कृष्ट सेवा प्राप्त गर्न सक्नेछन् । एकीकृत संस्थाको कार्यक्षेत्र बनेपा, धुलिखेल र पनौती नगरपालिकाको साथै टुकुचा र उग्रचण्डी नाला गा.वि.स. कायम भएको छ ।

एकीकरणपश्चातको संस्थाको अवस्था (मिति २०७३ भाद्र ३० गतेसम्मको):
१. कुल सदस्यता : ७७८८ जना
२. शेयर पूँजी : रु. ४,७८,६४,४००।००,
३. बचत संकलन : रु. ३८,८९,८९,६६९।३०,
४. जगेडा तथा अन्य कोष : रु. ४,०४,९५,०९९।७०,
५. लगानीमा रहेको ऋण : रु. ३९,५२,६७,५८६।८२,
६. कुल सम्पत्ति : रु. ५०,६६,०८,०२६।१२

Success Story

Posted On: February 20, 2025
“जीवनमा केही राम्रो गर्नु छ...
Read more
View All Success Story

STATISTICS (Upto 29th Fagun 2081)

Total Share Capital:
(NRs. 17,00,69,500.00)
Total Institutional Capital:
(NRs. 17,05,54,763.11)
Total Saving:
(NRs. 1,67,98,74,912.09)
Total Assets:
(NRs. 2,11,48,80,768.50)
Total members :
27,152 ( Male: 8,611 Female: 10,545 Inst: 18)
Total No. of Child Saver:
7,978
Total No. of Employee:
49 (F-20, M-29)

Contact Location