हिजो मिति २०८० साउन २७ गते, शनिबारको दिन यस बुडोल सामदायिक बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा तथा प्रकाशन उपसमितिको आयोजनामा बनेपा–०६, बुडोल स्थित चेतना केन्द्रको सभाहलमा एस.ई.ई. सम्मान कार्यक्रम २०८० सम्पन्न भयो । उक्त कार्यक्रममा यस संस्थामा आबद्ध भई २०७९ सालको एस.ई.ई. परीक्षामा सामेल भई उत्कृष्ट अंक हासिल गर्ने कोपिला बालबचतकर्ता भाइबहिनीहरूलाई सम्मान गरिएको थियो । संस्थाका शिक्षा तथा प्रकाशन उपसमितिका संयोजक प्रकाश भुर्तेलज्यूको सभापतित्व र शिक्षाविद् तथा साहित्यकार हरि मञ्जुश्रीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको संचालन शिक्षा तथा प्रकाशन उपसमिति सदस्य गंगादेवी लुईटेलज्यूले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका शिक्षा तथा प्रकाशन उपसमिति सदस्य भवानी के.सी.ज्यूले स्वागत मन्तव्य दिदै सम्पूर्ण उत्तीर्ण हुने विद्यार्थीहरुलाई बधाई सहितको शुभकामना दिनुभएको थियो । साथै कार्यक्रममा संस्थाका सल्लाहकार प्रा. भोलाबहादुर के.सी.ज्यूले सम्मानित हुने सबैलाई बधाई सहितको शुभकामना मन्तव्य राख्नु भएको थियो । संस्थाले यस वर्ष एस.ई.ई. परीक्षामा उत्तीर्ण भएका ९६ जना विद्यार्थीहरुलाई मायाको चिनो स्वरुप ब्याग, प्रशंसा पत्र र खादाले सम्मान गरेको थियो । प्रमुख अतिथि हरि मञ्जुश्रीज्यूले विद्यार्थीहरुलाई विदेशमा भन्दा स्वदेशमै स्वाभिमान र सम्मानका साथ आफुलाई समर्पित गरी देश विकास गर्नुपर्ने कुरामा प्रकाश पार्दै सम्पूर्ण उत्तिर्ण हुने विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको शुभकामना दिनुभएको थियो भने अन्तमा सभापति प्रकाश भुर्तेलज्यूले शुभकामना मन्तव्य र धन्यवाद ज्ञापन सहित सभा विसर्जन गर्नु भएको थियो ।



Total Share Capital:
(NRs. 15,49,54,600.00)
Total Institutional Capital:
(NRs. 18,48,46,001.15)
Total Saving:
(NRs. 1,84,60,40,709.83)
Total Assets:
(NRs. 2,28,23,64,427.06)
Total members :
19,879 ( Male: 8,866 Female: 10,995 Inst: 18)
Total No. of Child Saver:
8,230
Total No. of Employee:
49 (F-24, M-25)
![]() रञ्जना सुवाल सूचना अधिकारी ९८६३१९२७१७ |
![]() उमेश आचार्य गुनासाे सुनुवाइ अधिकारी ९८६३१९२७२५ |
