संस्थाको आयोजना तथा जीवन विज्ञानको प्राविधिक सहयोगमा मिति २०७६ साल पुस ५ गते शनिबार एक दिवसीय खुशी विज्ञान कार्यक्रम सम्पन्न भएको छ । बनेपा–६ स्थित चेतना केन्द्रमा आयोजित उक्त कार्यक्रममा संस्थाका सञ्चालक समिति, सल्लाहकार, लेखा समिति लगायत विभिन्न उपसमितिका पदाधिकारीहरु, फोकल पर्सन एवं कर्मचारी गरी ५८ जनाको सहभागिता रहेको थियो । कार्यक्रमलाई ४ सत्रमा विभाजन गरी सञ्चालन गरिएको थियो जस अन्तर्गत पहिलो सत्रमा प्रशिक्षक श्री अमृतेन्द्र कर्णले ध्यानको विज्ञान विषयमा प्रवचन दिनुभएको थियो र जीवन अमृत ध्यान विधिबाट सहभागीहरुलाई ध्यान गराउनु भएको थियो । यसैगरी कार्यक्रमको दोश्रो सत्रमा प्रशिक्षक श्री ईन्दिरा कोईरालाले सुमधुर सम्बन्धको विज्ञान विषयमा प्रवचन र सहज ध्यान विधि गराउनु भएको थियो । कार्यक्रमको तेश्रो सत्रमा प्रशिक्षक श्री विष्णुकुमारी भट्टराईले संकल्पको विज्ञान विषयमा प्रवचन र जीवन तरङ्ग ध्यान विधि गराउनु भएको थियो यसैगरी कार्यक्रमको चौंथो सत्रमा प्रशिक्षक श्री बिन्दा आचार्यले चक्र विज्ञान र खुशीयालीपूर्ण जीवन विषयमा प्रवचन दिनुभएको थियो । कार्यक्रमको अन्तमा पृष्ठपोषण प्रशिक्षक श्री उद्धव थापाले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन दिलु लामाले गर्नुभएको थियो ।
Total Share Capital:
(NRs. 14,61,09,500.00)
Total Institutional Capital:
(NRs. 18,61,33,406.01)
Total Saving:
(NRs. 1,93,90,64,514.09)
Total Assets:
(NRs. 2,36,54,22,574.98)
Total members :
19,973 ( Male: 8,864 Female: 11,09 Inst: 17)
Total No. of Child Saver:
8,292
Total No. of Employee:
50 (F-25, M-25)
![]() रञ्जना सुवाल सूचना अधिकारी ९८६३१९२७१७ |
![]() उमेश आचार्य गुनासाे सुनुवाइ अधिकारी ९८६३१९२७२५ |
