संस्थामा आवद्ध शेयर सदस्यहरू स्व. सेरबहादुर थिङ (स.नं. १०६०९) काे मिति २०७९।३।१४मा र स्व. अर्जुन पुरी (स.नं. ७९७४)को मिति २०७९।०६।२०मा सडक दुर्घटनामा परी निधन भएकोमा संस्थाको आर्थिक सुरक्षा कार्यक्रम अन्तर्गत दुर्घटना बीमा बापतको रकम रु. १–१ लाख मृतकहरुको परिवारलाई हस्तान्तरण गरियो । संस्थाका अध्यक्ष कैलाश के.सी.ले सेरबहादुर थिङको हकमा निजकाे पत्नी सेरमाया तामाङ र अर्जुन पुरीको हकमा निजकाे बुहारी बिनिता पुरीलाई उक्त रकम हस्तान्तरण गर्नुभयो । रकम हस्तान्तरण कार्यक्रममा संस्थाका सचिव श्री जयराम थापा, सह–सचिव श्री प्रकाश भुर्तेल, सह–कोषाध्यक्ष तथा सिद्दार्थ इन्स्याेरेन्स कम्पनी, बनेपा शाखाका प्रमुख श्री राधाकृष्ण श्रेष्ठ, का.मु. प्रमुख कार्यकारी अधिकृत श्री रामकृष्ण रायक्षेत्री र आर्थिक प्रसाशन सहायक श्री संजित गाैतमको उपस्थिति रहेको थियो । संस्थाले आर्थिक सुरक्षा कार्यक्रम अन्तर्गत संस्थामा आवद्ध सम्पूर्ण शेयर सदस्यहरुलाई निःशुल्क १ लाख बराबरको दुर्घटना बीमा, ३० हजार बराबरको मृत्यु राहत सहयोग, २० हजार बराबरको जटिल रोग उपचार सहयोग, ६ हजार बराबरको मातृत्व सुरक्षा सहयोग, २० हजार बराबरको स्थायी अपाङ्गता र प्राकृतिक प्रकोप सहयोग उपलब्ध गराउँदै आएको छ ।
मिति २०७९।०८।२१ बुधबार ।
Total Share Capital:
(NRs. 17,00,69,500.00)
Total Institutional Capital:
(NRs. 17,05,54,763.11)
Total Saving:
(NRs. 1,67,98,74,912.09)
Total Assets:
(NRs. 2,11,48,80,768.50)
Total members :
27,152 ( Male: 8,611 Female: 10,545 Inst: 18)
Total No. of Child Saver:
7,978
Total No. of Employee:
49 (F-20, M-29)