NOTICE

बुडोल सामुदायिक साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न

Posted On: October 5, 2023
समुदायमा आधारित रहेर सदस्यको सामाजिक, साँस्कृतिक र आर्थिक विकासमा निरन्तर सेवारत यस बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री कैलाश के.सी.को सभापतित्वमा बनेपा, नाला र धुलिखेल एकाईमा मिति २०८० असोज १३, १५ र १६ गते एकाई बैठक सम्पन्न गरी आज मिति २०८० असोज १८ गते सबै एकाईबाट छनौट भएका प्रतिनिधिहरूको उपस्थितिमा एकाई प्रतिनिधिहरूको निर्णय प्रमाणित सभा समेत सम्पन्न गरियाे । संस्थाका अध्यक्ष श्री कैलाश के.सी.को संयोजकत्वमा होटल उग्रचण्डी एण्ड बैंक्वेट, बनेपामा सम्पन्न साे सभाकाे कार्यक्रम संस्थाका व्यवस्थापन प्रमुख श्री रामकृष्ण रायक्षेत्रीले सञ्चालन गर्नुभएको थियो । तिन वटै एकाईबाट छनौट भएर आउनु भएको एकाई प्रतिनिधि र निर्णय प्रमाणितकर्ताहरूकाे साथमा आज अन्तिम निर्णय प्रमाणित गर्न चयन भएका निर्णयकर्ताहरूले सभामा आ-आफ्नाे एकाईकाे निर्णय पुस्तिका र अन्तिम निर्णय पुस्तिकामा हस्ताक्षर गरी कार्यक्रम सम्पन्न गर्नुभएको थियो । आर्थिक वर्ष २०७९।०८० को अन्त्यमा संस्थाको कुल सम्पत्ति रु.१,८२,७६,४६,२२८।०४, कुल बचत रु. १,४३,३६,५३,६८९।५०, शेयर पूँजी रु.१५,८९,२७,२००।००, लगानीमा रहेको ऋण रु. १,३२,३२,०१,९९२।८९, संस्थागत पूँजी रु. १४,३०,६२,०६८।४२ र संचालन मूनाफा रु.७,३४,८४,६७९।१९ रहेको विवरण सम्बन्धित प्रतिवेदन प्रस्तुतकर्ताले प्रस्तुत गर्नुभएकोमा सभाले पारित गरेकाे थियो । साथै सभाले सदस्यहरुलाई १५ प्रतिशतका दरले शेयर लाभांश वितरण गर्ने र संरक्षित पूँजी फिर्ता कोषबाट बचतमा योगदान गर्ने सदस्यहरुलाई ३.५५ प्रतिशत र ऋणमा योगदान गर्ने सदस्यहरुलाई ३ प्रतिशतका दरले हुन आउने रकम वितरण गर्ने निर्णय गरेको छ ।
 

Success Story

Posted On: February 20, 2025
“जीवनमा केही राम्रो गर्नु छ...
Read more
View All Success Story

STATISTICS (Upto 30th Chaitra 2082)

Total Share Capital:
(NRs. 15,49,54,600.00)
Total Institutional Capital:
(NRs. 18,48,46,001.15)
Total Saving:
(NRs. 1,84,60,40,709.83)
Total Assets:
(NRs. 2,28,23,64,427.06)
Total members :
19,879 ( Male: 8,866 Female: 10,995 Inst: 18)
Total No. of Child Saver:
8,230
Total No. of Employee:
49 (F-24, M-25)

Contact Location

सूचना अधिकारी/गुनासाे सुनुवाइ अधिकारी

ranajana-miss
रञ्जना सुवाल
सूचना अधिकारी
९८६३१९२७१७
Umesh Acharya
उमेश आचार्य
गुनासाे सुनुवाइ अधिकारी
९८६३१९२७२५