संस्थाले मिति २०७५ साल भाद्र ५ मंगलबार डुँडामुख घुम्ती संकलन केन्द्रमा एक कार्यक्रम आयोजना गरी आफ्ना सदस्यका परिवारलाई रु.१,२०,०००।– सहयोग उपलब्ध गराएको छ । संस्थाको आर्थिक सुरक्षा कार्यक्रम अन्तर्गत २०७५ असार ११ गते बनेपा न.पा. ५ ओपीमा ट्रक दुर्घटनामा परी मृत्यु भएकी धुलिखेल न.पा.वडा नं. १, देवीटार निवासी सदस्य स्व. लालीमाया तामाङ्गको परिवारलाई रु.१,००,०००।– उपलब्ध गराईएको हो । त्यसैगरी असार २७ गतेको अविरल बर्षातको कारण गएको पहिरोमा परी बासस्थान गुमाएका बनेपा न.पा.५ निवासी मीना थापा र धुलिखेल न.पा.१ निवासी जिरीमाया तामाङ्गको परिवारलाई जनही रु.१०,०००।– का दरले राहत सहयोग उपलब्ध गराईएको हो ।
कार्यक्रममा अतिथिका रुपमा उपस्थित हुनुभएका बनेपा न.पा. ५ का वडाअध्यक्ष श्री बलराम अधिकारी, धुलिखेल न.पा.१ क वडाअध्यक्ष श्री रमेश घोरासाईने, धुलिखेल न.पा.२ का वडाअध्यक्ष श्री अर्जुन न्यौपाने र सानाकिसान कृषि सहकारी संस्था लि.का अध्यक्ष श्री देवप्रसाद कोईरालाले संयुक्त रुपमा उक्त राहत सहयोग हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा उपस्थित वडाअध्यक्षहरुले नगरपालिकाबाट समेत पिडित परिवारलाई सहयोग उपलब्ध गराउन लागिएको तर सोभन्दा पनि छिटो आफ्ना सदस्यहरुलाई संस्थाले सहयोग उपलब्ध गरेको प्रति आभार प्रकट गर्दै आगामी दिनमा संस्थालाई सहयोग गर्न आफूहरु तत्पर रहेको बताउनुभएको थियो । कर्मचारी श्री सविन थापाले संचालन गर्नुभएको कार्यक्रममा सहभागीहरुलाई संचालक श्री राधाकृष्ण श्रेष्ठले स्वागत र संस्थाको आर्थिक सुरक्षा कार्यक्रमको विषयमा बरिष्ठ कार्यकारी अधिकृत श्री बिबेक राज ठकुरीले प्रकाश पार्नुभएको थियो । सभापतिका रुपमा रहनु भएका संस्थाका सचिव श्री प्रेमनाथ शर्मा कोईरालाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


Total Share Capital:
(NRs. 15,90,69,400.00)
Total Institutional Capital:
(NRs. 18,48,46,001.15)
Total Saving:
(NRs. 1,82,06,37,428.36)
Total Assets:
(NRs. 2,25,66,46,512.88)
Total members :
19,886 ( Male: 8,885 Female: 10,983 Inst: 18)
Total No. of Child Saver:
8,228
Total No. of Employee:
50 (F-24, M-26)
![]() रञ्जना सुवाल सूचना अधिकारी ९८६३१९२७१७ |
![]() उमेश आचार्य गुनासाे सुनुवाइ अधिकारी ९८६३१९२७२५ |
