NOTICE

शिक्षा शिविर तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

Posted On: January 14, 2024
यस संस्थाले आफ्नो सेवा सञ्चालनको २५औं वर्षमा प्रवेश गरेको अवसरमा विविध कार्यक्रमहरु सञ्चालन गरी “रजत महोत्सव” मनाउने क्रममा संस्थामा आबद्ध महिला सदस्यहरुमध्ये ५ दिने “सेल्फ मेकअप तालिम” र २ दिने “अचार बनाउने तालिम” का सहभागीहरूकाे लागि “शिक्षा शिविर तथा प्रमाणपत्र वितरण कार्यक्रम” आज मिति २०८० पुष २९ गते, आइतबार चेतना केन्द्र, बुडाेलमा सम्पन्न भएकाे छ । संस्थाका अध्यक्ष श्री कैलाश के.सी.काे सभापतित्वमा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण संस्थाका बरिष्ठ कार्यकारी अधिकृत श्री रामकृष्ण रायक्षेत्रीले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सचिव श्री जयराम थापाले र धन्यवाद ज्ञापन दुवै तालिम कार्यक्रमको आयोजक महिला तथा सामाजिक साँस्कृतिक उपसमिति संयोजक तथा सञ्चालक समिति सदस्य गीता कुँवर क्षेत्रीले गर्नु भएको थियो भने कार्यक्रममा कोषाध्यक्ष श्री राधेश्याम के.सी., प्रमुख कार्यकारी अधिकृत श्री विवेकराज ठकुरी र महिला तथा सामाजिक साँस्कृतिक उपसमिति सदस्य अनिमा के.सी. पाण्डे र शिक्षा तथा प्रकाशन उपसमिति सदस्य भवानी के.सी. र सदस्य सेवा शाखा प्रमुख अनिता थापा समेतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई वित्तीय साक्षरता, संस्था र सदस्यको अपेक्षा, बुडोल सामुदायिकको गतिविधि तथा वित्तीय अवस्था तथा समुदायमा बुडोल सामुदायिकको स्थान आदी विषयमा प्रस्तुतीकरण पश्चात अध्यक्षज्यूद्वारा सेल्फ मेकअप तालिमका ४0 जना सहभागि र अचार बनाउने तालिमका २१ जना सहभागिहरुलाई मायाको चिनो सहित सहभागिताको प्रमाणपत्र प्रदान गर्नु भएको थियो भने मेकअप तालिमकी प्रशिक्षक तथा ब्यूटि जोन बनेपाकी संचालिका श्री सूनिता मल्ल ठकुरी र अचार बनाउने तालिमकी प्रशिक्षक श्री सुनैना श्रेष्ठलाई मायाको चिनो समेत प्रदान गर्नुभएकाे थियो ।
 
 

Success Story

Posted On: February 20, 2025
“जीवनमा केही राम्रो गर्नु छ...
Read more
View All Success Story

STATISTICS (Upto 31st Baishakh 2082)

Total Share Capital:
(NRs. 17,10,21,400.00)
Total Institutional Capital:
(NRs. 17,05,67,739.11)
Total Saving:
(NRs. 1,68,97,42,085.64)
Total Assets:
(NRs. 2,13,10,81,439.68)
Total members :
27,551 ( Male: 8,723 Female: 10,722 Inst: 18)
Total No. of Child Saver:
8,088
Total No. of Employee:
47 (F-20, M-27)

Contact Location