संस्थामा आबद्ध सदस्यहरूलाई वित्तीय ब्यवस्थापन तथा सहकारी सम्बन्धमा सुसूचित गर्ने उद्देश्यले संस्थाले नियमित रुपमा सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम गर्दै आइरहेको छ । यसै सन्दर्भमा मिति २०७६ साल फागुन ३ गते शनिबार संस्थाले सदस्य भेला तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष रामहरि के.सी.को सभापतित्वमा सम्पन्न उक्त भेलामा कार्यकारी अधिकृत रामकृष्ण रायक्षेत्रीले वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गर्नुभएको थियो । बनेपा–७ स्थित उग्रचण्डी होटलमा आयोजित उक्त कार्यक्रममा २३५ जना सदस्यको उपस्थिति रहेको थियो । कार्यक्रममा २० औँ वार्षिक साधारण सभाको निर्णय बमोजिम आ.व. २०७५/०७६ मा संरक्षित पूँजी फिर्ता कोषबाट बचतमा प्राप्त गरेको ब्याज र ऋण तिरेको ब्याज रकमको योगदानलाई आधार मानी सदस्यहरुलाई ४/४ प्रतिशतका दरले हुन आउने रकम वितरण समेत गरिएको थियो । भेलामा बनेपा हेल्थ केयरसँगको सहकार्यमा सुगर तथा ब्लड प्रेसर जाँच शिविर समेत सञ्चालन गरिएको सो कार्यक्रममा ९२ जना सदस्यहरुले आफ्नो ब्लड प्रेसर एवं सुगरको जाँच गराउनु भएको थियो । यसअघि संस्थाले माघ २५ गते नालाक्षेत्रका सदस्यहरुको लागि माँ उग्रचण्डी पार्टि भेन्यु, नालामा यस्तै भेला सम्पन्न गरेको थियो भने आगामी मिति २०७६ साल फागुन १० गते शनिवार धुलिखेल क्षेत्रका सदस्यहरुको लागि धुलिखेल पार्टी प्यालेसमा अर्को भेला आयोजना गरिने कार्यक्रम रहेको छ ।

Total Share Capital:
(NRs. 14,55,97,000.00)
Total Institutional Capital:
(NRs. 19,86,37,082.70)
Total Saving:
(NRs. 1,90,39,10,575.35)
Total Assets:
(NRs. 2,34,82,86,593.70)
Total members :
19,840 ( Male: 8,812 Female: 11,010 Inst: 18)
Total No. of Child Saver:
8,212
Total No. of Employee:
50 (F-25, M-25)
![]() रञ्जना सुवाल सूचना अधिकारी ९८६३१९२७१७ |
![]() उमेश आचार्य गुनासाे सुनुवाइ अधिकारी ९८६३१९२७२५ |

