NOTICE

१६औं वार्षिक साधारण सभा सम्पन्न

Posted On: October 16, 2015

cover-photo

यस बुडोल सामुदायिक साकोसको १६औं वार्षिक साधारणसभा मिति २०७२ साल असोज १६ गतेका दिन अध्यक्ष श्री रामहरि के.सी.ज्यूको सभाध्यक्षतामा सम्पन्न भएको छ । साधारण सभासमक्ष सचिव श्री पुण्यवती घलेले आ.व. ०७१-०७२ को संस्थाको प्रगति प्रतिवेदन तथा आ.व. ०७२-०७३ को प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष श्री ध्रुबबहादुर भुजेलले संस्थाको आर्थिक प्रतिवेदन तथा आ.व. ०७२-०७३ को प्रस्तावित कार्ययोजना तथा बजेट पेश गर्नुभएको थियो । त्यसैगरी लेखा समितिको तर्फबाट लेखा समितिका सदस्य श्री विश्वनाथ रिजालले सभासमक्ष लेखा समितिको प्रतिवेदन पेश गर्नुभएको थियो । ब्यवस्थापक श्री बिबेक राज ठकुरीले असोज १४ गतेसम्मको संस्थाको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम ऋण शाखा प्रमुख श्री रामकृष्ण राय क्षेत्रीले संचालन गर्नुभएको थियो ।


साधारण सभा सदस्यहरुको नितान्त आफ्नो कार्यक्रम भएकोले संस्थाले साधारण सभामा कुनै प्रमुख अतिथि तथा अतिथिहरुलाई आमन्त्रण नगर्ने संस्कारको शुरुवात गरेको छ ।



१६औं वार्षिक साधारण सभाबाट गरिएका निर्णयहरु:


१.   गत मिति २०७१ साल भाद्र २८ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट भएका निर्णयहरुको पुनरावलोकन गरी सोको कार्यान्वयन सम्बन्धमा जानकारी गराईयो ।


२.   गत १५औं वार्षिक साधारण सभाबाट प्राप्त अख्तियार बमोजिम संचालक समितिको मिति २०७२ साल असार ९ गतेको निर्णय बमोजिम आर्थिक वर्ष ०७१-०७२ को लेखापरिक्षण गर्न रजिष्टर्ड लेखापरिक्षक प्रमाण पत्र नं. ०११४ (ख) श्री पण्डित एण्ड एशोसिएट्सका भक्तबहादुर पण्डितलाई रु. ४०,०००।०० (अक्षरेपी रुपैया चालिस हजार मात्र) पारिश्रमिक दिने गरी नियुक्ती गरिएकोमा सभाबाट सोको सर्वसम्मत अनुमोदन गरियो ।


३.   लेखापरीक्षक पण्डित एण्ड एशोसिएट्सबाट प्राप्त वासलात रु.३३,९२,४७,५०९।६७, कुल संचालन आम्दानी रु. २,०१,२२,६९३।४४, कुल संचालन खर्च रु. ७०,८४,०९४।०४, संचालन बचत (मूनाफा) रु. १,३०,३८,५९९।४० वित्तीय विवरण सहितको आर्थिक वर्ष ०७१-०७२ को लेखापरिक्षण प्रतिवेदन १६औं वार्षिक साधारण सभासमक्ष प्रस्तुत भई सर्वसम्मत अनुमोदनको निर्णय गरियो ।


४.   सचिव श्री पुण्यवती घलेबाट सभासमक्ष प्रस्तुत आ.व. ०७१-०७२ को प्रगति प्रतिवेदन तथा आ.व. ०७२-०७३ को लागि प्रस्तावित कार्यक्रमहरु सभाबाट छलफल गरी सर्वसम्मत अनुमोदन गर्ने निर्णय गरियो ।


५.   कोषाध्यक्ष श्री ध्रुबबहादुर भुजेलबाट सभा समक्ष आ.व. ०७१-०७२ को लेखापरिक्षण प्रतिवेदनमा आधारीत आर्थिक प्रतिवेदन र आ.व. ०७२-०७३ को लागि प्रस्तावित रु.४०,७२,०२,५५०।०२ बराबरको वासलात, रु. २,४५,८२,५१७।९० बराबरको कुल संचालन आम्दानी, रु. ८९,३६,१९८।६२ बराबरको कुल संचालन खर्च र रु. १,५६,४६,३१९।२८ बराबरको संचालन बचत (मूनाफा) सहितको कार्ययोजना तथा बजेटमाथि व्यापक छलफल भई सर्वसम्मत अनुमोदन गर्ने निर्णय गरियो ।


६.   आर्थिक वर्ष ०७२-०७३ को लागि लेखापरिक्षण कार्य सम्पन्न गराउन लेखापरीक्षक नियुक्ती गर्न र पारिश्रमिक तय गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरियो ।


७.   संचालक समितिबाट प्रस्ताव भए अनुरुप शेयर लाभांष कोषमार्फत मासिक न्यूनतम शेयर रकमको आधारमा हिसाब गरी १५ प्रतिशतका दरले शेयर लाभांष उपलब्ध गराउने र लाभांष वितरणपश्चात बाँकी हुन आउने रकमलाई जगेडा कोषमा सार्ने समेतको सर्वसम्मत निर्णय गरियो ।

८.   संस्थाको मौजुदा विनियममा देहाय अनुसार संसोधन गर्न प्रस्ताव भई आएकोमा सोको सभाबाट सर्वसम्मत अनुमोदन गर्ने निर्णय गरियो ।

साविक संशोधन

औचित्य

१. विनियमको दफा १६ (क) :– संस्थाको पूँजी संकलनको लागि प्रति शेयर रु. १०० को ३,५०,००० (तीन लाख पचास हजार मात्र) थान शेयर जारी गरिनेछ ।

विनियमको दफा १६ (क) :– संस्थाको पूँजी संकलनको लागि प्रति शेयर रु. १०० को १०,००,००० (दश लाख थान शेयर जारी गरिनेछ ।

संस्थाको जारी पूँजी वृद्धि गर्नको लागि

 


९.   अनुमोदनको लागि प्रस्तावित देहायका नीतिहरु अनुमोदन गर्ने र आवश्यकता अनुसार नीति, निर्देशिका तथा कार्यविधिहरु निर्माण, पुनरावलोकन तथा पुनर्लेखन गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय गरियो ।

(क) सदस्यता नीति

(ख) निर्वाचन नीति

(ग) ऋण ब्यवस्थापन नीति

(घ) मानव संशाधन ब्यवस्थापन नीति

(ङ) बचत नीति


१०. सहकारी एकीकरणको आवश्यकतालाई मध्येनजर गरी संस्थाको कार्यक्षेत्रभित्र रहेका सहकारीहरु बीचमा एकीकरणको लागि आवश्यक प्रक्रिया अगाडी बढाउन संचालक समितिलाई अख्तियारी दिने निर्णय गरियो ।

११. १६औं वार्षिक साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्नको लागि साधारण सदस्यहरुको तर्फबाट देहाय अनुसारका सदस्यहरुलाई प्रतिनिधी चयन गर्ने निर्णय गरियो ।

(क) सदस्यता नं. ३६१५ की श्रीमती जयन्ती के.सी.

(ख) सदस्यता नं. १३४० की श्रीमती जानुका अधिकारी मैनाली

(ग) सदस्यता नं. २३५ का श्री रामप्रसाद दाहाल

···

Success Story

STATISTICS (Upto 30th Kartik 2081)

Total Share Capital:
(NRs. 16,86,82,000.00)
Total Institutional Capital:
(NRs. 16,62,05,578.76)
Total Saving:
(NRs. 1,66,91,69,733.95)
Total Assets:
(NRs. 2,07,69,22,768.64)
Total members :
26,985 ( Male: 8,557 Female: 10,484 Inst: 18)
Total No. of Child Saver:
7,926
Total No. of Employee:
44 (F-16, M-28)

Contact Location