NOTICE

३३औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

Posted On: May 29, 2023
एक्सेस बागमति क्लष्टर दोश्रो समुहको ३३औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला जेठ १२ गते मिरावल होटेल, धुलिखेलमा सम्पन्न भएको छ । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा एक्सेस बागमति क्लष्टर दोश्रो समुहका ८ वटा संस्थाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी संस्थाहरु बुडोल सामुदायिक साकोस (बनेपा), जनमुखि साकोस (मैनापोखरी), नवजागरण साकोस (मन्थली), मनकामना साकोस (बनेपा), मिलिजुली कालिन्चोक साकोस (चरिकोट), सामुहिक साकोस (भक्तपुर), शुभकामना साकोस (भक्तपुर), हाम्रो जनकल्याण साकोस (चरिकोट) को सहभागीता रहेको थियो ।
बुडोल सामुदायिक साकोसका अध्यक्ष श्री कैलाश के.सी.ज्यूको सभापतित्वमा भएको कार्यक्रममा नेफ्स्कुनका महासचिव श्री दामोदर अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै विशिष्ट अतिथि नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत श्री प्रकाशप्रसाद पोखरेल हुनुहुन्थ्यो । कार्यक्रमको सहजीकरण नेफ्स्कुनका कार्यक्रम अधिकृत श्री प्रेमप्रसाद वाग्लेले गर्नुभएको थियो । कार्यक्रममा एक्सेस दोश्रो समुहका ८ वटा संस्थाका सञ्चालक समितिबाट प्रतिनीधित्व हुने गरी प्रमुख कार्यकारी अधिकृत/व्यवस्थापकको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन बुडोल सामुदायिक साकोसका सचिव श्री जयराम थापाले गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथिबाट दीप प्रज्वलन गरेर गरिएको थियो । कार्यक्रम उद्घाटनपश्चात अघिल्लो कार्यशालाको समिक्षा तथा समसामयिक विषयमा प्रस्तुति गरिएको थियो । तत्पश्चात उक्त कार्यक्रमका सहजकर्ता श्री प्रेमप्रसाद वाग्लेले प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँकै प्रस्तुतिकरणको बीचमा उपस्थित संस्थाहरुले संस्थागत प्रस्तुति गर्नुभएको थियो ।
कार्यक्रमको प्रस्तुति उपर छलफल गरी निष्कर्ष पनि निकालिएको थियो । त्यसपश्चात आयोजक संस्थाले अर्काे पटक आयोजना गर्ने संस्था जनमुखी साकोस, मैनापोखरीलाई झण्डा हस्तान्तरण गरिएको थियो । साथै उपस्थिति संस्था र उक्त संस्थाका प्रतिनीधिहरुलाई आयोजक संस्थाका तर्फबाट मायाको चिनो वितरण गरिएको थियो । त्यसपश्चात छलफलको निर्णय प्रस्तुति गरिएको थियो ।
अन्त्यमा कार्यक्रमका सभापति श्री कैलाश के.सी.ले धन्यवाद ज्ञापनसहित कार्यक्रम समापन गर्नुभएको थियो ।
News and Events
Posted On: September 3, 2026

Success Story

Posted On: February 20, 2025
“जीवनमा केही राम्रो गर्नु छ...
Read more
View All Success Story

STATISTICS (Upto 31st Saun 2083)

Total Share Capital:
(NRs. 14,55,97,000.00)
Total Institutional Capital:
(NRs. 19,86,37,082.70)
Total Saving:
(NRs. 1,90,39,10,575.35)
Total Assets:
(NRs. 2,34,82,86,593.70)
Total members :
19,840 ( Male: 8,812 Female: 11,010 Inst: 18)
Total No. of Child Saver:
8,212
Total No. of Employee:
50 (F-25, M-25)

Contact Location

सूचना अधिकारी/गुनासाे सुनुवाइ अधिकारी

ranajana-miss
रञ्जना सुवाल
सूचना अधिकारी
९८६३१९२७१७
Umesh Acharya
उमेश आचार्य
गुनासाे सुनुवाइ अधिकारी
९८६३१९२७२५