यस संस्थाले जिल्लाका अन्य ५ संघ/संस्थाको सह–आयोजनामा कर्मचारीहरूको क्षमता अभिवृद्धिको लागि १ दिने Personal Change & Motivation Training Program सम्पन्न गरेको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ काभ्रे, बुडोल सामुदायिक साकोस, सामुदायिक साकोस, आभाष साकोस, एक्सप्रेस साकोस र आर्थिक समृद्धि साकोसको संयुक्त आयोजनामा मिति २०७४ पौष २२ गते शनिबार बनेपा–६, बुडोलस्थित चेतना केन्द्रमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । ६ वटा संस्थाबाट ८० जना कर्मचारीको सहभागिता रहेको उक्त तालिम कार्यक्रमको सहजीकरण नेशनल इन्ष्टिच्यूट फर लिडरशिप डेभलपमेन्ट प्रा.लि.का तर्फबाट प्रशिक्षकद्वय विकलप्रसाद शेरचन र उषा मल्ल सिंहले गर्नुभएको थियो । तालिमपश्चात् सहभागीहरूबाट व्यवहारिक अभ्यास र अन्तर्कृयासहितको प्रभावकारी तालिम प्राप्त गरेको र यसको सिकाई आफ्नो जीवनमा समेत लागू गर्ने प्रतिक्रिया प्राप्त भएको छ भने आयोजक ६ वटै संस्थाका व्यवस्थापकहरूले कर्मचारीहरूको क्षमता अभिवृद्धिको लागी यस्तै खालका तालिमहरू भविष्यमा पनि आयोजना गरिने जानकारी दिनुभएको छ ।

Total Share Capital:
(NRs. 15,49,54,600.00)
Total Institutional Capital:
(NRs. 18,48,46,001.15)
Total Saving:
(NRs. 1,84,60,40,709.83)
Total Assets:
(NRs. 2,28,23,64,427.06)
Total members :
19,879 ( Male: 8,866 Female: 10,995 Inst: 18)
Total No. of Child Saver:
8,230
Total No. of Employee:
49 (F-24, M-25)
![]() रञ्जना सुवाल सूचना अधिकारी ९८६३१९२७१७ |
![]() उमेश आचार्य गुनासाे सुनुवाइ अधिकारी ९८६३१९२७२५ |
