यस बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था विधिवत दर्ता भएको दिन अर्थात २०५० कात्तिक २ गतेलाई स्मरण गर्दै एवं २०५६ सालमा संस्था सञ्चालनमा आएकाे मितिलाई मध्येनजर गर्दै आज २०८० साल कात्तिक २ गते, बिहिबारको दिन संस्था सञ्चालनको २५औं वर्ष प्रवेश गरेको अवसरमा “रजत महाेत्सव” शुभारम्भ कार्यक्रमको आयोजना गरियाे । कार्यक्रममा संस्थाका अध्यक्ष श्री कैलाश के.सी.ले सामाजिक सञ्जाल फेसबुकबाट एक भिडियो सन्देशमार्फत रजत महाेत्सव शुभारम्भ भएको घोषणा गर्नु भयाे । “रजत महाेत्सव” शुभारम्भको दिन आज संस्थाले रक्तदान कार्यक्रम, बुसा मोबाईल एप प्रयोगको भिडियो रिलिज र दुर्घटना बीमा हस्तान्तरण जस्ता कार्यक्रमहरु समेत सम्पन्न गरेको छ । संस्थाको मुख्य कार्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १८ जना रक्तदाताहरुले रक्तदान गरी जीवनदान गर्नुभएको थियो भने मिति २०८०/०१/१९ गते बनेपा–१३, भैँसेपाटीमा मोटरसाइकलको ठक्करबाट मृत्यु भएका सदस्य श्री बालकृष्ण बुढाथोकीको श्रीमती सुन्तली बुढाथोकीलाई दुर्घटना बीमा अन्तर्गतको रु. १ लाख हस्तान्तरण गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष श्री कैलाश के.सी.ज्यूले बुसा माेबाइल एपकाे प्रयाेग कसरी गर्ने तथा कस्ता कस्ता सेवाहरू प्रयाेग गर्न सकिन्छ भन्ने जानकारी सहितकाे अनुशिक्षण भिडियाे समेत फेसबुकमार्फत रिलिज गर्नु भएकाे थियाे । कात्तिक २ गतेदेखि माघ १६ गतेसम्म संस्थाले विभिन्न कार्यक्रमहरू गरी रजत महाेत्सव भव्यताका साथ सम्पन्न गर्न “रजत महाेत्सव मूल समाराेह सिमित” समेत गठन गरी सकेकाे छ ।




Total Share Capital:
(NRs. 15,90,69,400.00)
Total Institutional Capital:
(NRs. 18,48,46,001.15)
Total Saving:
(NRs. 1,82,06,37,428.36)
Total Assets:
(NRs. 2,25,66,46,512.88)
Total members :
19,886 ( Male: 8,885 Female: 10,983 Inst: 18)
Total No. of Child Saver:
8,228
Total No. of Employee:
50 (F-24, M-26)
![]() रञ्जना सुवाल सूचना अधिकारी ९८६३१९२७१७ |
![]() उमेश आचार्य गुनासाे सुनुवाइ अधिकारी ९८६३१९२७२५ |
