NOTICE

सहकारी निबन्ध लेखन प्रतियोगिता सम्पन्न

Posted On: January 14, 2024

यस संस्थाले आफ्नो सेवा सञ्चालनको २५औं वर्षमा प्रवेश गरेको अवसरमा विविध कार्यक्रमहरु सञ्चालन गरी रजत महोत्सव मनाउने क्रममा मिति २०८० पुष २८ गते, शनिबार काभ्रे जिल्लाभित्रका माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुमा सहकारी प्रतिको अध्ययन, बुझाई र ज्ञान अभिवृद्धि गराउने उद्देश्यले संस्थाको शिक्षा तथा प्रकाशन उपसमितिको आयोजनामा चेतना केन्द्र, बुडोलमा शिक्षा तथा प्रकाशन उपसमिति संयोजक श्री प्रकाश भुर्तेलको संयोजकत्वमा काभ्रेपलाञ्चोक जिल्लास्तरीय माध्यमिक विद्यालय तहका लागि सहकारी निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा विभिन्न निजी तथा सामुदायिक विद्यालयहरुबाट २५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा काभ्रे बहुमुखी क्याम्पसका सहप्राध्यापक, साहित्यकार तथा लेखक श्री खेमराज निरौला र चैतन्य बहुमुखी क्याम्पसकी उपप्राध्यापक श्री सरिता बञ्जाराले निर्णायकको भूमिका निभाउनु भएको थियो । उक्त प्रतियोगिता कार्यक्रममा शिक्षा तथा प्रकाशन उपसमिति संयोजक श्री प्रकाश भुर्तेलले प्रतियोगिताको उद्देश्य माथि प्रकाश पार्दै सहभागीहरुलाई स्वागत गर्नुभयो भने निर्णायक श्री खेमराज निरौलाले प्रतियोगीहरुलाई प्रतियोगिता सम्बन्धी नियमहरुको जानकारी गराउनु भएको थियो । सोही दिन प्राप्त निबन्धहरुको परिक्षण गरी नतिजा प्रकाशन गरिएको थियो । सो अन्तर्गत श्री संरचना दाहाल प्रथम, श्री कृपा राउत द्वितीय र श्री सन्जोग तिमल्सिना तृतीय हुन सफल हुनु भयो भने श्री लामिन डोल्मा तामाङले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको थियो । छनौट हुन सफल हुनुभएका विद्यार्थीहरुलाई संस्थाको मिति २०८० माघ २० गते हुने रजत महोत्सव कार्यक्रममा नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने भएको छ ।

 
 

Success Story

Posted On: February 20, 2025
“जीवनमा केही राम्रो गर्नु छ...
Read more
View All Success Story

STATISTICS (Upto 29th Magh 2082)

Total Share Capital:
(NRs. 15,90,69,400.00)
Total Institutional Capital:
(NRs. 18,48,46,001.15)
Total Saving:
(NRs. 1,82,06,37,428.36)
Total Assets:
(NRs. 2,25,66,46,512.88)
Total members :
19,886 ( Male: 8,885 Female: 10,983 Inst: 18)
Total No. of Child Saver:
8,228
Total No. of Employee:
50 (F-24, M-26)

Contact Location

सूचना अधिकारी/गुनासाे सुनुवाइ अधिकारी

ranajana-miss
रञ्जना सुवाल
सूचना अधिकारी
९८६३१९२७१७
Umesh Acharya
उमेश आचार्य
गुनासाे सुनुवाइ अधिकारी
९८६३१९२७२५